मेरो देशका हावाघट्टहरू
म विद्यार्थीहरूलाई आफ्नो देशको बारेमा पनि केही कुरा भन्न चाहन्छु । त्यसैले यो पाठको विषय हाम्रा हावाघट्टहरू छ ।
तिमीहरूलाई थाहा छ कि मेरो देश (the) Netherlands हो । मेरो देश सानो छ, ४०.००० वर्ग किलोमिटर क्षत्रफल मात्र रहेको छ, जसमा पानीको भाग २०% छ । शायद तिमीहरूले स्कूलमा सिकेका छौ कि मेरो देशको ठूलो भाग समुन्द्री सतहभन्दा तल छ । त्यस कारणले हाम्रो देशमा बाढीको खतरा हुन्छ । हाम्रो देशमा सुरक्षित रूपमा बस्नको लागि बाँधहरू र तट्बन्धहरू बनेका छन् ।पहिले हाम्रो देशमा बाढ़ीबाट जोगाउनको लागि हावाघट्टहरू(ले ?) पनि प्रोयोग गरिएका थिए । यी हावाघट्टहरू आजकल पनि चल्छन, तर खास गरी पर्यटकहरूलाई देखाउनको लागि । आजकल पंप स्टेशनहरूमा बिजुलीले पानी तानिन्छ ।
म एउटा नदी नजीक बसेको छु । यो नदी मेरो घरबाट हिंडेर जान ५ मिनेट टाढ़ा छ । मेरो घर नजीक हावाघट्टहरू पनि छन्। ती हावाघट्टहरू देख्नको लागि आधा घण्टा साइकलमा चढ्नु पर्छ । एउटा सानो डुङ्गामा नदी पार गरेर एउटा सानो गाउँनेर १९ हावाघट्टहरू छन् । ती सबै १७३८ अनि १७४० सालको बीचमा बनेका थिए । जाडो र गर्मीमा, सधैं धेरै पर्यटक हावाघट्टहरू देख्नको लागि आउँछन्। एउटा हावाघट्ट भित्र पनि देख्न सकिन्छ । हावाघट्टहरू गाडीबाट देख्न सकिंदैन किनकी त्यहाँ हिंडेर र साइकलबाट मात्रै जान सकिन्छ ।
हाम्रा बाँधहरू, तट्बन्धहरू र हावाघट्टहरूको मर्मत गर्न एकदम महँगो छ, त्यसैले हाम्रो देशमा सबैजनालाई अतिरिक्त रूपमा एउटा विशेष कर तिर्नु पर्छ । त्यो करले पिउने पानी पाइन्छ अनि हाम्रा खुट्टाहरू भिज्दैनन् ।